सरकारी साक्षी बसेर झुटो वयान दिने विरुद्ध भ्रष्ट्राचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका बस्ने ज्ञानहरि लामाविरुद्ध आइतबार मुद्धा दायर गरिएको हो ।

प्रतिवादी योगेन्द्र ढुङ्गेल विरुद्धको मुद्दामा सरकारी साक्षीको रुपमा रहेका लामाले गलत वकपत्र गरेको पाइएपछि आयोगले एक लाख ५० हजार बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालद्धारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।