इजरायलमा इरानी हाईपरसोनिक मिसाइल हमला, २० वटा भन्दा धेरै F-35 फाईटर जेट नष्ट

इरानले इजरायलमा मिसाइल हमला गरेको छ । इजरायली भूमिमा इरानले हानेको मिसाइल इजरायलले लेबनानमा स्थल हमला र हेजबुल्ला प्रमुख हसन नसरल्लालाई हत्या गरेपछि भएको हो ।

बीबीसीका अनुसार इरानले प्रहार गरेका केहि मिसाइल इजरायलले रोकेको थियो । सामाजिक सञ्जालमा आएका फुटेजमा इरानी हाइपरसोनिक मिसाइल ११० मिनेटमा इजरायल पुगेको तथा लेबनानमा खुशी मनाइएको देखाइएको छ । मिसाईल हमलाबाट ईजराईलको २० वटा भन्दा धेरै एफ-३५ फाईटर जेट नष्ट भएको छ ।

अलजजिराका अनुसार अरब क्षेत्रमा भएका अमेरिकी सैन्य शिविरमा भने इरानले हमला गरेको छैन्। गत अप्रील १३ मा पनि इरानले इजरायली भुमीमा आफ्ना सैन्य कमाण्डर मारेपछि आक्रमण गरेको थियो ।

यसैबिच अमेरिकी रास्ट्रपति जो बाइडेनले इजरायलमा प्रहार भएका मिसाइल रोक्न सेनालाई आदेश दिएका छन् ।