निर्माण सम्पन्नको प्रमाणपत्र लिएबापत घुस लिने असिस्टेन्ट सबईन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियरलाई पक्राउ गरेको छ । आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको बताएको छ।

उनलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको हो ।