कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिए

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । 

सत्ता गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री एमालेले पाएपछि उनले राजीनामा दिएका हुन् । उनले प्रदेशसभामा विश्वासको मत लिएर मात्रै पद छाड्ने अडान लिएका थिए । तर, त्यसअघि नै पद छाडेका हुन् ।