आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टर विदुर शिवाकोटी पुर्पक्षका लागि जेल चलान

प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो । 

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए । उनी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।