विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले भव्य रूपमा मनायो २१०औं भानु जयन्ती

काठमाडौं - विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले गत शनिबार आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती मनाएको छ ।

भानुको योगदानको चर्चा, श्रष्टा अभिनन्दन, सम्मान ,पुरस्कार समर्पण, पुस्तक बिमोचन साथै प्रतियोगितात्मक कवि गोष्ठी गर्दै भब्यरूपमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित घट्टेकुलो विकास समाजको हलमा सम्पन्न कार्यक्रममा १५० भन्दा बढिको संख्यामा साहित्यकार साथै साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम रोटरी क्लब अफ काठमाडौं र रोट्रयाक्ट क्लब अफ काठमाडौंको सहकार्यमा आयोजना गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरे प्रमुख अतिथि रहेका कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले गरेका थिए । कार्यक्रममा विभिन्न सर्जक एवम् श्रष्टा र समाजसेवीहरूलाई विश्व नेपाली भानु शिखर अभिनन्दन पत्र-२०८० प्रदान गरिएको थियो ।