वर्षमा एक पटक मात्रै खुला हुने रानीपोखरीको बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि भक्तजनका लागि खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर आजै दिनभर नै खुला रहने जनाइएको छ ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा पनि टीका लगाउने कार्यक्रम रहेको छ ।