सुदूरपश्चिम क्षेत्रमा एकवर्षमा थपिए ३५२ एचआईभी संक्रमित पुष्ठि

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा साढे दुई सयजना एचआईभी एड्सका नयाँ संक्रमित पुष्ठि भएका छन् गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा गरिएको परिक्षणमा एक सय तिनजना महिलासहित दुई सय ५२ जनामा एचआईभी पोजेटिभ देखिएको सरकारी प्रतिबेदन छ। 

स्वास्थ निर्देशनालय राजपुरका अनुसार सबैभन्दा बढी कैलालीमा एकसय पाँचजना , कंचनपुरमा ५३ जना , अछाममा २८ र डोटी जिल्लामा २४ जनामा संक्रमित एचआईभी देखिएको छ। यसरीनै बैतडीमा आठ,  बाजुरा बझाङ र डडेल्धुरामा ६-६ जना र दार्चुलामा एकजनामा  एचआईभी पोजेटिभ देखिएको निर्देशनालयको तथ्यांकमा छ । सुदूरपश्चिम प्रदेश भरि हालसम्म चार हजार ७१७ जनामा संक्रमित पत्ता लागेकोमा अहिले तिन हजार ६२३ जना उपचाररत छन् ।