काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अस्पतालको टिकट विक्री काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा प्रादेशिक अस्पताल सिराहाका तत्कालीन, तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध मंगलबार अख्तियारद्वार विशेष अदालत काठमाण्डौँमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा सफ्टवेयर प्रणालीमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचरको विवरण तुलना गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा बराबरको फरक देखिएको आयोगले जनाएको छ।
प्रतिक्रिया