अब एक व्यक्ति एउटा सहकारीकाे मात्र सञ्चालक बन्न पाउने

अब सहकारी विभागले एउटाभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ । कुनै व्यक्ति दुई वा सोभन्दा बढी सहकारी संस्थाको सञ्चालक रहेको भए ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने विभागबाट बुधबार जारी निर्देशनमा उल्लेख छ ।

उक्त अवधिमा यो निर्देशनअनुसार सञ्चालक नरहेमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने पनि बताइएको छ । त्यस्तै, सहकारी बैंकमा सञ्चालक हुने व्यक्तिलाई पनि अन्य सहकारी संस्थाको सञ्चालक हुन नपाइने व्यवस्था गर्न भनिएको छ ।