फोहोर बोक्ने गाडीमा जिपिएस जडान, घर नजिकै गाडी आएको नोटिफिकेसन मोबाइलमा आउने

धनगढी - धनगढी उपमहानगरपालिकाले फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएपछि हरेक घरधनीले घर नजिक गाडी आएको जानकारी मोबाइलबाटै थाहा पाउनेछन् । फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको नोटिफिकेसन मोबाइलमा आउने भएपछि फोहोर लिने गाडी कहिले आउँछ भनेर कसैलाई सोधिरहनु नपर्ने भएको छ ।

धनगढी उप९महानगरपालिकाले हाल दुई वटा गाडीमा जीपीएस प्रणाली जडान गरेको नगर प्रमुख गोपाल हमालले बताए । फोहोरमैला संकलनलाई थप प्रभावकारी बनाउन समाजका लागि युवा संस्थाको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको उनले बताए । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् ।

धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले पनि से २ च ३७१० र से १ त ७३९४ नम्बरका गाडीमा जिपीएस जडान गरिएको बताए ।