images

बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो

काठमाण्डौँ । काठमाडौ महानगरपालिका- ६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ। गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले भाग्न खोजेपछि गोलि प्रहार गरेर नियन्त्रणमा लिएको हो। उनको हाल ट्रमा सेन्टरमा उपचार हुदै छ।

बिहीबार २३ माघ २०८२ ०८:४६ AM मा प्रकाशित

प्रतिक्रिया