अब जुन जिल्लामा चेक बाउन्स त्यहीँबाट अनुसन्धान हुने

काठमाडौं । चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ। जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने भएको छ। 

विगतमा चेक बाउन्सका मुद्दा उच्च अदालतले हेर्नेमा हाल जिल्ला अदालतले हेर्न थालेका छन् । अपराधको वारदत तय गर्न चेक बाउन्स गराएको शाखाबाट सहजीकरण गरी प्रहरीले अनुसन्धान गर्न थालेको हो।