नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले विदेशबाट पठाएको रकम आईएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
यथावत् रहिरहेको 'आइएमई गरौँ, करोडपति बनौँ' योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख रुपैयाँबाहेक अब हरेक कारोबारमा समेत क्यासब्याक अफर सार्वजनिक गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।