अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी कार्यालयका सहयोगी एकेन्द्र कुँवरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।साउन २६ गते १३ हजार घुसहित पक्राउ परेका कुँवरलाई शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनलाई चन्द्रागिरी नगरपालिका- १३ मा रहेको जग्गा नयाँ पुर्जा बनाउने प्रयोजनका लागि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। उनका अनुसार कुँवर नापी कार्यालय कलंकी, ३ नापी टोली, पुरानो नैकापमा करारमा कार्यरत कार्यालय सहयोगी हुन्। उनीविरूद्ध अख्तियारले १३ हजार बिगो माग दाबी गरेको छ।