कुवेतको जेलमा ५७ जना लामो समयदेखि जेल जीवन बिताइरहेका अधिकांशमा संलग्न

कुवेतको केन्द्रिय कारागार जेलमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा बन्दी रहेका छन् । उनका अनुसार अधिकांश बन्दी लागूऔषधि ओसारपसार तथा मानव बेचबिखनमा संलग्न रहेका छन् । केही चोरी  डकैती र झैझगडाको मुद्दामा जेलमा छ ।

कुवेतले गैरकानुनी रूपमा बसेका नेपाली कामदारलाई छापा मारी धरपकड अभियान चलाइरहेकाले यो  संख्या बढ्नसक्ने उनले बताए ।