सरकारी जागिर लगाइदिने भन्दै ६ लाख लिने नासु यशोदानन्द भिन्डवारविरुद्ध ठगी मुद्दा दायर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जागिर लगाइदिने प्रलोभनमा ६ लाख ३३ हजार ठगी गर्ने नायब सुब्बाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। सप्तरीको बोदेबरसाइन नगरपालिकामा कार्यरत नासु यशोदानन्द भिन्डवारलाई ललितपुर प्रहरीले पक्राउ गरी ठगी मुद्दा दायर गरेको हो। 

उनले पर्साका राजकुमार चौधरीलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सहायक वैज्ञानिक पदमा जागिर लगाइदिने भन्दै ठगी गरेका हुन्। बिएस्सी तहको अध्ययन पूरा गरी बेरोजगार रहेका चौधरीलाई आफ्नो पहुँच रहेको भन्दै जागिर लगाइदिने आश्वासन दिएर पटक-पटक पैसा लिएका हुन्। बैंक खाता तथा नगदमै उनले पैसा लिएको अनुसन्धानमा खुलेको छ। ललितपुरको प्रहरी वृत्त सातदोबाटाेले उनलाई मुद्दा दायर गरेको छ।

पक्राउ परेपछि भिन्डवारले पैसा लिएको, तर काम नभए पनि फिर्ता गर्न नसकेको स्वीकार गरेकी छिन्।