काठमाडौं उपत्यका प्राधिकरणका विकास आयुक्तसमेत३ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारमा उजुरी

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त, नायब विकास आयुक्त र तत्कालीन काठमाडौ जिल्ला आयुक्तविरुद्ध गैरकानुनी तरिकाले अकुत सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल , नायब विकास आयुक्त नवराज प्याकुरेल र तत्कालीन जिल्ला आयुक्त जगदीश लामिछानेविरुद्ध अख्तियारमा  उजुरी दर्ता भएको हो।

एन्टी करप्सन न्युज कम्पनी प्रा लि ले तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरी दर्ता गरेका हुन् । कम्पनीले  विकास आयुक्त ढकाल , नायब विकास आयुक्त प्याकुरेल र  तत्कालीन जिल्ला आयुक्त लामिछानेले मिलेमतोमा गैरकानुनीरूपमा अकुत सम्पत्ति आर्जन  गरी पदीय आचार अनुकूल विपरीत सार्वजनिक  कार्यालयमा रहँदा कार्यालयको जिम्मेवारी बहन नगरेकोलगायतको आरोप लगाउँदै अख्तियारमा उजुरी / निवेदन दिएका छन् ।

सुरु सेवामा पदस्थापन हुँदाको बखतको आयस्रोत, सम्पत्ति विवरण र अहिलेको सम्पत्ति विवरण तिनै जनाको करोडौंको रुपैयाँँ फरक देखिन आएकोले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऎन २०५९ अनुसार अनुसन्धान गरेर हदैसम्मको कानूनी कारबाही प्रक्रिया अघि बढाउन उजुरीमा उल्लेख गरेका छन् । आर्थिक कार्याविधी ऎन विपरीत सार्वजनिक खरिद ऎन विपरीत ठेक्कापट्ट टुक्राटुक्रा गरि भ्रष्टाचार गरेको मिलेमतोमा उपभोक्ता समितिलाई काम बाँडफाँड गरि गैरकानुनी तरिकाले  करोडौंको भ्रष्टाचार गरी राज्यलाई अर्बौंको हानी नोक्सानी पुर्यएको हुँदा निजहरूको घर जग्गा जमीन , सवारीसाधन , बैंक लकर, बैंक व्यालेन्स, सेयर लगानीमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन सम्बन्धमा विस्तृत अनुसन्धान छानबिन गरेर कारबाहीको दायरामा ल्याउन विशेष अदालतमा  मुद्दा दायर गर्न  एन्टी करप्सन   न्युज कम्पनीले  उजुरीमा  माग गरेको छ ।