रुस - युक्रेन युद्धमा अहिलेसम्म रुसी सेनामा कार्यरत ६ नेपाली नागरिकले ज्यान गुमाए

रुस - युक्रेन युद्धमा अहिलेसम्म रुसी सेनामा  भर्ती भई कार्यरत रहेका ६ नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। युद्धको क्रममा ६ नेपाली नागरिकको मृत्यु भएको  र एकजनालाई युक्रेनी सेनाले बन्दी बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

रुसमा मृत्यु भएकाहरू  : . रुपक कार्की कपिलवस्तु- वाणगंगा, सन्दीप थपलिया गोर्खा ,  देवान राई पोखरा कास्की , गंगाराज मोक्तान इलाम, राजकुमार रोका मेलुङ दोलखा र स्याङ्जा पुतलीबजारका  पितम कार्की समेत ६ को मृत्यु भएको छ ।

रुसी सेनाले मस्कोस्थित नेपाली राजदुतावासमार्फत नेपाल सरकारलाई जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले मृत्यु र बन्धक नागरिकबारे सोमबार विवरण सार्वजनिक गरेको हो।