२२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

दसैँका लागि अग्रिम टिकट असोज २२ गतेदेखि बुकिङ गर्न मिल्ने भएको छ ।  शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि बुकिङ खुला गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा व्यवसायीहरुसँग छलफल भएको थियो ।  सरकार र व्यवसायीबीच गाडी थप्ने र व्यवस्थित तरिकाले टिकट काट्ने सुविधाका लागि सहमति भएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ गर्ने निर्णय भएको बताएका छन् ।  उनले भने,“मन्त्रालयमा २२ गतेदेखि बुकिङ खुला गर्ने सहमति भएको छ । अब, व्यवस्थापनको पाटोका लागि यातायात व्यवस्था विभागसँग छलफल भइरहेको छ ।”