अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जाजरकोटका नवराज विकसहित ६ जनायुवकको हत्या प्रकरणमा : प्रेमिकाका बाबू र तत्कालीन वडाअध्यक्षसहित २४ जना लाई जन्मकैदको फैसला

अन्तर्जातीय प्रेमविवाह गर्न खोजेका जिल्ला जाजरकोटका नवराज विकसहित ६ युवकको हत्या प्रकरणमा जिल्ला अदालत रुकुम पश्चिमले २६ जनालाई सजायको फैसला गरेको छ। जसमध्य प्रेमिकाका बुबा र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ का तत्कालीन वडाअध्यसहित २४ जनालाई २४ जनालाई जन्मकैद सुनाएको छ।

साढे तीन वर्षअघिको यो क्रूर बर्बर घटनामा तिन दिनको निरन्तर सुनुवाइपछि न्यायाधीश   खड्काबहादुर केसीको एकल इजलासले मंगलबार एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला गरेको हो।

सजाय सुनाइएकामध्य २३ जना हाल कारागारभित्रमै छन् । एक अभिभावकको जिम्म्मा छोडेका नाबालक हुन् ।कर्तव्य ज्यानमा जन्मकैदको सजाय फैसला भएकामध्य १७ जनालाई छुवाछूत अन्तरगत थप दुई वर्ष कैद र जनही ५० हजार जरिवाना पनि सुनाएको जिल्ला अदालत स्रोतले  बताए ।