प्रहरीले काठमाडौंमा सुन गाल्ने कारखानामा छापा , एकजना पक्राउ

  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली जिल्ला घर भई हाल काठमाडौंको नागार्जुन बस्ने पदम पान्डेलाई आज पक्राउ गरेको छ। 
  • प्रहरीले न्युरोडस्थित  ओमबहाल गोल्ड शप प्रालि सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पान्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले बताए ।