पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परी नौ प्रहरीको मृत्यु, अन्य १६ जना घाइते

क्वेटा - पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिककारकिो को मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।

बलुचिस्तानको क्वेटाबाट करिब १२० किलोमिटर दक्षिणपूर्वमा पर्ने कछी जिल्लाको मुख्य शहर धदार नजिकै भएको उक्त घटनाको तत्काल कसैले जिम्मा लिएको छैन ।

सम्पत्तिको ठूलो हिस्साको माग गर्दै लडाकूहरूले वर्षौंदेखि गरेको विद्रोह र पाकिस्तान तालिबान ९टीटीपी० को आक्रमणसँग बलुचिस्तानमा पाकिस्तानको सुरक्षा फौजले जुधिरहेको छ ।

वरिष्ठ प्रहरी अधिकारी अब्दुल है आमिरले एएफपीसँग भने, “आत्मघाती आक्रमणकारी मोटरसाइकलमा सवार थिए र ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए ।”

आक्रमणका कारण प्रहरीको ट्रक सडकमै उल्टो पल्टिएको र त्यसको झ्यालहरू फुटेको सामाजिक सञ्जालमार्फत बाहिरिएका तस्बीरहरूमा देखिएको छ ।

काछी जिल्लाका प्रहरी प्रमुख महमुद नोटेजाईले एएफपीलाई बताएअनुसार अधिकारीहरू एक हप्ता लामो एक प्रदर्शनीमा सुरक्षाका लागि खटिएका र आक्रमणका समय उनीहरू आफ्नो कार्यालयमा फर्किरहेका थिए ।

प्रधानमन्त्री शहबाज सरिफले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भनेका छन्, “बलुचिस्तानमा आतङ्कवाद देशलाई अस्थिर बनाउने घृणित कार्यसूचीको एक हिस्सा हो ।” पाकिस्तानले अतिव्यापी राजनीतिक, आर्थिक र वातावरणीय संकटको सामना गर्नुका साथै बिग्रँदो सुरक्षा स्थितिको सामना गरिरहेको छ ।