रुसी सेनामा नेपाली भर्ती गर्न युवाको मानव तस्करी

रुसको सैनिकमा भर्ना गरिदिने प्रलोभनमा नेपालबाट मानव तस्करीमा संलग्न १२ जना नेपालीलाई एकसाता अघि जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। उनिहरुबाट प्रहरीले रुसी सैनिकमा भर्ना गर्न भन्दै संकलन गरिएका ४३ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ।

प्रहरी स्रोतले जनाए अनुसार सन्तोष रोका , हरिबहादुर विश्वकर्मा , रोजल महर्जन , मनिष न्यौपाने , क्षितिज गिरी , सुवास लामा , दिपेन परियार , गोकर्ण अर्याल , सुजाता दाहाल , द्रोणा डाँगी र ईश्वर अधिकारी छन् ।

उनिहरुविरुद्ध कसैको किटानी जाहेरी पर्न नाआएकाले अभद्र व्यवहार कसुर अन्तर म्याद थप गरि अनुसन्धान अघि बढाएको छ।