आज महाशिवरात्रि मनाइदै

वर्षभरि शिवको पूजा गरेको फल एक दिनमा नै प्राप्त हुने दिनका रूपमा  महाशिवरात्रि व्रत,  रुद्राभिषेक  भगवान शिवको पुजा आराधना गरी मनाइने प्रचलन रहिआएको छ। महाशिवरात्रिको दिन भगवान शिवको नियमितपूर्वक पूजापाठ गर्नाले मानिसको जीवनमा खुशियाली आउँछ । साथै सबै काममा सफलता र प्रगति प्राप्त हुन्छ भन्ने मान्यतामा विश्वास गरिन्छ ।