नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड, आज तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोवार

नेपाली बजारमा सुन मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज एकैदिन तोलामा १ हजार बढेर २ लाख नजिक पुगेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजारले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार सुनको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २३ सय २५ रुपैयाँ कायम भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।