सेनाको रिक्त रथी पदमा उपरथी सिग्देल बढुवासँगै नेपाली सेनाको प्रधानसेनापति वरीयताको लाइनमा

नेपाली सेनाको रिक्त रथी पदमा मन्त्रीपरिषद बैठकले उपरथी अशोक सिग्देललाई बढुवा गरेको छ। जंगी अड्डाको सिफारिस र रक्षा मन्त्रालयको प्रस्तावमा गत बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सिग्देललाई बढुवा गरेको हो। 

सिग्देल आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको प्रमुख प्रधानसेनापति बन्नेगरि वरियताको लाइनमा पुगेका छन् । २९ असोजमा सेनाले वरियतामा अगाडि रहेका उपरथी ताराध्वज पान्डेलाई रथिमा सिफारिसका लागि सातदिने सूचना प्रकाशित गरेको थियोे । सूचना प्रकाशित लगत्तै पान्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति देखिएपछि जंगी अड्डालेपुनः छानबिन गरेपछि पान्डेले २४ कात्तिकमा राजीनामा दिएका थिए ।