बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले दिए राजीनामा

 काठमाण्डौँ - अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

उनीसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिइसकेका छन् । 

बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए। बोर्डका विवादस्पद गतिविधिप्रति चित्त नबुझेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।