चलचित्र ‘तेरे नाम’का निर्देशक सतिश कौशिकको निधन

काठमाडौं - भारतीय अभिनेता तथा निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ। कौशिकका नजिकका मित्र एवं अभिनेता अनुपम खेरले यसको पुष्टि गरेका छन्।

अनुपम खेरले ट्विटमार्फत् सतिश कौशिकको निधन भएको जानकारी गराएका छन्। अभिनेता अनुपम खेरले आफूले प्रिय साथी गुमाएको भन्दै कौशिकको निधनमा दुःख व्यक्त गरेका छन्। उनले ट्विटरमा आफूहरूबीचको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्।

केही दिनअघि दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिकलाई हृदयाघात भएको थियो। हृदयाघातपछि उनलाई दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।