बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा

काठमाडौं - बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आएकी छन्। बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेकी हुन्।

राज्यमन्त्री ट्रेभेलियनले आजदेखि शुक्रबारसम्म नेपालको भ्रमण गर्न लागेकी हुन्। उनी आजबिहान बसन्तपुर क्षेत्रमा गएकी थिइन् । कूटनीतिक स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो। यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने छिन्। उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ।

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ। साथै उनी धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने छिन्।