भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ

भक्तपुर - भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ। तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेका हुन्।

ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे । त्यसपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर, पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो।