सातवटा मुद्दाका १२ फरार प्रतिवादी पक्राउ

सिराहा जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला तोकिएका जबर्जस्तीदेखि नागरिकता किर्तेसहित विभिन्न सातवटा मुद्दाका १२ जना  फरार प्रतिवादीलाई पक्राउ गरी प्रहरीले अदालतमा बुझाएको छ। विभिन्न मितिमा अदालतबाट फैसला भएका जबर्जस्ती करणी, लागु औषधि, लुटपाट, बहुविवाह, सार्वजनिक अपराध, नागरिकता किर्ते तथा अन्य गरी सात मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत सिराहामा बुझाएको सिराहा प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा ६० वर्षका खटुवा चमार लगाएका छन् ।