फ्राइडे रिलिज : ‘नीरफूल’ भर्सेज ‘वेलकम टु हेम्जाकोट’

काठमाडौँ - आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रिलिज भएका छन् । फरक कथामा बनेका यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । 

‘नीरफूल’ भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्षको कथा हो, भने ‘वेलकम टु हेम्जाकोट’ले बेरोजगार ४ युवाको कथा पेस गरेको छ । दुवै फिल्म राम्रो भएको र राम्रो व्यवसाय गर्ने दाबी निर्माण युनिटको छ । 

फूलमान बलले चलचित्र ‘नीरफूल’ निर्देशन गरेका छन् भने सरोज पौडेलको निर्देशन  ‘वेल कम टु हेम्जाकोट’ हो ।  

नीरफूलमा दयाहाङ राई, जिग्मे छोकी घिसिङ, शान्ति वाइवा, राजन खतिवाडा, बुद्दि तामाङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । 

यस्तै ‘वेल कम टु हेम्जाकोट’ मा बुद्दि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देललगायत कलाकारको अभिनय छ ।