दसैं-तिहारलाई लक्षित गरी धरहराको भूमिगत पार्किङ निःशुल्क रुपमा खुलायो

काठमाडौं महानगरपालिकाले दसैं-तिहारको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला भएको छ। दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ नि:शुल्क रूपमा खोलिएको महानगरपालिकाले जनाएको छ। 

सो भुमिगत पार्किङ्ग हिजो आइतबार (असोज २१ गते) देखि पार्किङ खुला गरिएको आज काठमाडाै‌ महानगर प्रहरी बलको फेसबुक पेज मार्फत जनाएको छ