सर्वोच्चमा एनसेलको सेयर बिक्रि रोक्न रिट दायर

प्रतिनिधिसभा माननीय सदस्य अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्रि रोक्न माग गर्दै शुक्रबार रिट दर्ता गरेका छन् ।

सर्वोच्च अदालतमा दर्ता गरिएको रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । सांसद सिंहले रिट दायरमा नेपालको प्रचलित नियम, कानुनको पालना नगरी कर छल्ने उदेश्यले धेरै कम मूल्यमा  ८० प्रतिशत सेयर बिक्रि गर्न भएको सम्झौतालाई मान्यता नदिन आदेश बदर गर्न रिट निवेदनमा माग गरिएको छ।