शुक्रबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौं - शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा तोकिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको थियो।

युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा रहेको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६२ पैसा र विक्रीमा १० रुपैयाँ ६६ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।