गण्डकी सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, बुधबारका लागि पेसी

गण्डकी प्रदेशका नेपाली काङ्ग्रेसका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया कानुनसम्मत नरहेको भन्दै नियुक्ति बदरको माग राखी मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अधिकारी सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर  सोमबार मुख्यमन्त्री बनेका हुन् । उक्त रिटमा सर्बोच्चले बुधबारका लागि पेसी तोकेको छ।