एक साताभर लगातार रुपमा घटेको सुनको मूल्य सोमबारदेखि बढ्न थालेको छ। आज (मंगलबार) प्रतितोला तीन सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार नौ सय रुपैयाँ कायम भएको छ।
त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख आठ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ तोकिएको थियो। सुनको मूल्य बढे पनि मंगलबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ।