हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै घुस लिने प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय विरुद्ध भष्ट्राचार आरोपमा मुद्धा दायर

बर्दिया, राजापुर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती बाल प्राथमिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय विरुद्ध भष्ट्राचार आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियार श्रोतका अनुसार प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई सेवाग्राहीबाट रु.१४,५०० घुस रकम सहित  २०८०।०५।२६ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको हुँदा लक्ष्मीदेवी उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१४,५००।–(चौध हजार पाँच सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी सहित विशेष अदालत मुद्धा दायर गरेको अख्तियारद्धारा जारी विज्ञप्तिमा जनाएको छ ।