अख्तियारको अनुसन्धान , छानबिन निष्पक्षतामाथि प्रश्न

काठमाडौं । सरकारी जग्गा  हिनामिनासम्बन्धी दुई मुद्दामा पुनः छानबिन र अनुसन्धान गरी मुद्दा चलाउन अख्तियारलाई निर्देशनात्मक आदेश दिएको छ । विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धानको  निष्पपक्षतामाथि प्रश्न गर्दै एक सातामै दुई निर्देशनात्मक आदेश जारी गरी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएकोसम्बन्धी दुई मुद्दामा पुनः छानबिन र अनुसन्धान  गर्न आदेश दिनको हो।

ललितपुर र रुपन्देहीको सार्वजनिक सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निष्पक्ष अनुसन्धान हुन नसकेको विशेष अदालतको फैसलामा उल्लेख छ । बिरलै मुद्दामा मात्रा अदालतले अनुसन्धानप्रति प्रश्न उठाउने गर्छ ।