हास्य कलाकार पवन खतिवडा थप चर्चामा, उनको 'भिज्यो सिरानी' बोलको गीत कस्तो छ ? 

काठमाण्डौँ - हास्य कलाकारमा पवन खतिवडा निकै चर्चित छन् । उनले हरेक पटक बोल्ने शब्द 'म्याकुरी'ले उनलाई थप उचाईमा पुराएको हो । साना टेलिसिरियल देखि गीत संगतिका म्युजिक भिडियोमा समेत राम्रो अभिनयमा जमेका खतिवडा अहिले पनि बिभिन्न भिडियो गितहरुमा उदाई रहेका छन् । 

उनले अन्तरजातीय  बिवाह पनि गरे । सिक्किम कि मोडल सुम्निमा खालिङसंग अन्तरजातीय बिवाह गरेका हुन् । सुम्निमाले विभिन्न म्युजिक भिडियो तथा सर्ट मुभीहरुमा अभिनय गरेकी छन् ।

 उनलाई पवन खतिवडा नामले भन्दा पनि ‘म्याकुरी’ भनेर धेरैले चिन्ने गरेका छन् । एक हास्य सिरियलमा उनले बोल्ने थेगो हो ‘म्याकुरी’ ।
धनकुटाका खतिवडा अहिलेपनि हाँस्य टेलिसिरियल 'ख्याल ठट्टा'मा अभिनय गर्छन् । धेरै दर्शकले मन पराएका उनलाई युटुवमा अन्य रमाईला भिडियोहरु पनि हेर्न सकिन्छ । 
उनले भर्खर एउटा गितमा पनि अभिनय गरेका छन् । 'भिज्यो सिरानी' बोलको गितमा हाँस्य कलाकार पवन खतिवडा र स्मारिका ढकालको अभिनय छ । गीतमा आवाज तथा शब्द खतिवडा कै छ । अहिलेसम्म युटुवमा १० हजारभन्दा बढीले हेरिसकेका छन् । यो गित 'द पिके भाईन्स' नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।