बागमति प्रदेशसभा बैठकद्धारा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई पारित, यो सँगै तामाङ र नेपाल भाषा सरकारी कामकाजमा

बागमती प्रदेशसभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई पारित गरेसँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल र तामाङ भाषाले पनि मान्यता पाउने भएको हो ।

प्रदेशसभा बैठकले प्रदेश सन्चारमाध्यम ब्यबस्थापन ऐन २०७५ लाइ संशोधन गर्न बनेको बिधेयक पनि पारित गरेको छ । बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरुले प्रयोग गर्ने मातृ भाषाको रुपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याउन पाईने भएको छ ।