पहिरोले पुरिएर कालिकोटमा एक्स्काभेटर चालकको मृत्यु

सडक निर्माणका क्रममा कालिकोट जिल्लामा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु भएको छ। गत शुक्रबार कर्णाली करिडोर कालेखोला खुलालु खण्ड सडक विस्तार गर्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर चालक धिरप्रसाद संञ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटिले जनाएको छ।

२६ वार्षिय चालक धिर प्रसाद  डोटी , पचालझना - ८ खडितोलिका स्थानीय बासिन्दा हुन् । 

करिडोरको जिरो किलोमिटरमा पर्ने उक्त खण्ड सडकको स्तरोन्नतिको   काम डिभिजन सडक कार्यालय जुम्लाले गत बर्षदेखि ठेक्का मार्फत  गरिरहेको छ।