नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल आज खेल्दै

नेपाल र क्यानडा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज अन्तिम खेल खेल्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल हुनेछ।

नेपालले क्यानडाविरूद्ध अन्तिम खेल खेल्नुअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ। पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको थियो।

दोस्रो खेलमा नेपालले २८६ रनको फराकिलो लक्ष्य २९ बल बाँकी छँदै पूरा गरेको थियो। शनिबार भएको उक्त खेलमा अनिल साहले बिस्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक पूरा गरेका थिए। कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७१ रन बनाएपछि नेपालले सहज जित निकालेको थियो।

आजको खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ। नेपाललाई घरेलु दर्शकको पनि साथ रहनेछ। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो।