बाँसबारी जग्गा काण्डमा अरूण चौधरीलाई २ दिनमै छाेड्न आदेश दिने न्यायधिसलाई सजायस्वरूप मुगु अदालतमा सरूवा

बाँसबारी जग्गा काण्डमा अरूण चौधरीलाई २ दिनमै छोड्न आदेश दिने न्यायधिसलाई सजाय स्वरूप मुगु अदालतमा सरूवा गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य सजायस्वरूप मुगु अदालतमा सरूवा गरिएका हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो ।