किन उठ्न सकेन राजस्व ?

काठमाण्डौँ - चालू आर्थिक वर्ष आव २०७९र८० मा लक्ष्यअनुसार राजस्व उठाउन सरकारलाई हम्मे पर्ने निश्चित जस्तै देखिएको छ । आवको ८ महीना बित्न लाग्दा २६ फागुनसम्म सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँमात्रै राजस्व उठाएको छ ।

सरकारले अहिलेसम्ममा उठाएको वार्षिक लक्ष्यको ४१ प्रतिशत राजस्व पुसभित्रै संकलन हुनुपर्थ्यो । पुससम्मको लक्ष्य फागुनसम्ममा मुश्किलले प्राप्त गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

गत आव २०७८ र७९ को यही अवधिमा सरकारले ६ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वार्षिक लक्ष्यको ५७ दशमलव २२ प्रतिशत थियो । आव २०७७र७८ को यही अवधिमा ५ खर्ब ६६ अर्ब रुपैयाँ वार्षिक लक्ष्यको ५६ दशमलव शून्य ३ प्रतिशत राजस्व उठेको थियो । आव २०७६र७७ को फागुनसम्ममा वार्षिक लक्ष्यको ५० प्रतिशतभन्दा बढी राजस्व उठेको थियो ।

अर्थतन्त्रमा देखिएको संकुचन, कोभिडको दीर्घकालीन प्रभाव, लगानी विस्तार हुन नसक्नुजस्ता कारणले राजस्व संकलन घटेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन ।  यो समाचार आर्थिक अभियान दैनिकमा छ ।