यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

काठमाडौँ - कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो। उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।