भुटानी शरणार्थी प्रकरणमा लुम्बिनीका मुख्यमन्त्री चौधरी पनि मुछिए

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीको पनि नाम मुछिएको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद डा आरजु राणा देउवा र पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पत्नी मञ्जुसँगै लुम्बिनीका मुख्यमन्त्री चौधरीको नाम पनि यो प्रकरणमा मुछिएको हो ।

पक्राउ परेर बयान दिने क्रममा अभियुक्तहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले चौधरीको पनि नाम लिएको प्रहरी स्रोतको दाबी छ । अभियुक्त सन्देश शर्मा दाङकै हुन् ।