गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिमण्डल विस्तार, ४ बजे शपथ हुने

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज  पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले शुक्रबार कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट थप चारजना मन्त्री नियुक्त गरेका हुन्।

कांग्रेसबाट महेन्द्रध्वज जिसी र दिपेन्द्रबहादु्र थापा मन्त्री नियुक्त भएका छन् भने माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त भएका छन् ।