यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख सुन्दर भट्टराई गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भट्टराईलाई गैरकानूनी सम्पत्ति जोडेकोमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ३ महिना कैद हुने फैसला गरेको छ । भट्टराईले १४ लाख ७४ हजार गैरकानूनी आर्जन गरेको ठहर गरेको हो । अख्तियारले यसअघि नै उनीमाथि गैरकानूनी रूपमा लाइसेन्स जारी गरेको आरोप लगाएको थियो ।

विशेष अदालतले भट्टराईको १४ लाख ७४ हजार रुपैयाँ जफत गरी थप त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । अख्तियारले भने उनीमाथि एक करोड १५ लाख गैरकानूनी आर्जन गरेको आरोप लगाएको थियो । भट्टराईले २ करोड ६६ लाख रुपैयाँमात्रै आर्जन गरेकोमा २ करोड ८१ लाख रुपैयाँको स्रोत देखिएको विशेषको रायकिताबमा उल्लेख छ ।